म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)द्वारा आयोजित अन्तरविद्यालय खेलकुद प्रतियोगितामा इलिक्सर एकेडेमीले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगिता मंसिर ३ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो, जसमा१६ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो। एडभान्स बोर्डिङ स्कुल, कालोपुलमा सम्पन्न भएको खेलमा १६ विद्यालयबाट छात्र तथा छात्रा समूहका १६-१६ गरी ३२ समूहले प्रतिस्पर्धा गरेका थिए।
उक्त प्रतिस्पर्धामा छात्र समूहतर्फको खेलमा इलिक्सर एकेडेमी, कुमारीगाल चाबहिलले प्रथम स्थान हासिल ट्रफी हात पारेको छ। साथै, छात्रातर्फको तेस्रो स्थानमा पनि इलिक्सर एकेडेमीले जित हासिल गरेको छ।
प्रतियोगितामा छात्रतर्फको बेस्ट सेटर इलिक्सर एकेडेमीका शुसांख थापाले प्राप्त गरेका छन् भने बेस्ट प्लेयर कप्तान हृदय अधिकारीले प्राप्त गर्न सफल भएका छन्। छात्रातर्फको खेलमा बेस्ट ब्लकर इलिक्सर एकेडेमीकै अनुस्का राईले प्राप्त गरेकी छिन्।
हरेक वर्ष आयोजना गरिने माफ अन्तरविद्यालय भलिबल प्रतियोगितामा गत वर्ष पनि इलिक्सरले प्रथम स्थान हासिल गरेको थियो।