पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा सडक एकतर्फी भएको छ। गएरातिदेखि नवलपुरको घ्यू खोलामा रसायनिक मल लोड गरेको ट्रक विग्रिएर सडक अवरुद्ध भएको हो। विरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको बा प्र.०३९००१ ख ०९५१ नंं को मल (रासायनिक मल) लोड गरेको ट्रकको क्राउन बिग्रेर सडक एकतर्फी रहेको प्रहरीले जनाएको छ।
अहिले एक हजार बढीको संख्यामा सवारी साधनको लामो लाइन लागेको छ। यहाँ अहिले बाटो असहज भएका कारण सवारी साधन दैनिक जसो विग्रिएर दैनिक सवारी साधन जाम लाग्ने गरेको छ ।