एनपिएलमा बेटिङ गराएको अभियोगमा आठ भारतीय पक्राउ

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा बेटिङ (सट्टाबाजी) गराएको अभियोगमा प्रहरीले आठ भारतीयलाई पक्राउ गरेको छ।

छुट्टै अनलाइन साइट नै संचालन गरेर बेटिङ गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारत आन्ध्र प्रदेशका आठजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रकासम जिल्ला पामुर गाउँका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब र ३० वर्षीय नभिन मड्डेला तथा प्रकासम जिल्लाकै कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

काठमाडौं–२६ सामाखुसी बस्दै आएका उनीहरु काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट १५ थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार