विश्व बालदिवसमा गोल्यान ग्रुपको ‘किड्स प्ले–डेट’ कार्यक्रम

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

विश्व बालदिवसका अवसरमा गोल्यान ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम सम्पन्न गरेको छ । धुम्बाराहीस्थित उप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरूका अभिभावक सहभागी थिए ।

गोल्यान ग्रुपले गत २४ असोजमा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । योजनाअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्न अभिभावकसँग समझदारी भइसकेको छ । बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका सहिद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए । कार्यक्रममा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले ‘नयाँ परिवार’का सदस्यबिच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको बताए । ‘हाम्रो नयाँ परिवार साझा प्रतिबद्धता र उद्देश्यले एकताबद्ध भएको हो,’ उनले भने, ‘यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरूको कदर र संरक्षण गरिन्छ ।’ 

गोल्यान ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाका लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्यान ग्रुपबिच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

सुझावित समाचार