कपिलवस्तुमा राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ तथा इनक्लाइन बेन्च प्रतियोगिता हुँदै

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड बोमन कप राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिता ०८२ आयोजना हुने भएको छ । कपिलवस्तु जिल्ला स्ट्रेन्थ लिफ्टङ संघको आयोजनामा उक्त प्रतियोगिता आँउदो १२ र १३ मंसिरमा सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनको सभाहलमा हुने भएको छ । 

संघले आज पत्रकार सम्मेलन आयोजना गर्दै देशभरका करिब १५० खेलाडी प्रतियोगितामा सहभागी हुने बताए । प्रतियोगितामा देशभरका पुरुष र महिला खेलाडीबिच विभिन्न तौल समूहका आधारमा प्रतिस्पर्धा हुने कपिलवस्तु जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघका अध्यक्ष बलराम न्यौपानेले बताए । कपिलवस्तुबाट सुरु भएको यस खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरिनु उदाहरणीय रहेको उनले बताए ।
 

सुझावित समाचार