अब मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन हुने दाबी गरेका छन्।

सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए।

उनले भने, ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ। केही साथीहरू सकिँदैन भन्नुहुन्छ। त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो। मंसिरको २७ र २८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने। र, नयाँ नेतृत्व ल्याउने। विशेष महाधिवेशन नै निर्विकल्प हो।’

उनले पुसभित्रमा नियमित पनि नगर्ने विशेष महाधिवेशनमा नजाने भन्ने कुरा स्वीकार्य नहुने बताए।

सुझावित समाचार