कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को सातौं खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपालले टस जितेका हुन् । टस हारेपछि रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनीले सुरुमा ब्याटिङ गर्नेछ ।
कर्णाली प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो ।