भोलेन्टियर फोर्स काेहीविरुद्ध होइन, शान्तिका लागि हो : ओली

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण
भोलेन्टियर फोर्स काेहीविरुद्ध होइन, शान्तिका लागि हो : ओली

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध गठन नगरेको बताएका छन्। शुक्रबार एनभिएफ घोषणा सभालाई सम्बोधन गर्दै ओलीले शान्तिका लागि उक्त संगठन बनाएको जिकिर गरे।

कसैलाई पनि आतंक मच्चाउन छुट नभएको उल्लेख गर्दै ओलीले भने, ‘यो कसैका विरुद्ध होइन । फेरि पनि म भन्छ– यो हिंसाका विरुद्ध हो। अराजकताकाविरुद्ध हो, आतंकका विरुद्ध हो। आगजनीविरुद्ध हो, तोडफोडका विरुद्ध हो। लुटपाटका विरुद्ध हो। त्रासदीपूर्ण वातावरणका विरुद्ध हो। शान्तिको पक्षमा हो।’

एमालेका भोलेन्टियरहरूले अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ। 

सुझावित समाचार