नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका सहिद र घाइतेले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्न सुरु गरेको बताएका छन्। उनले यो देशको विकासप्रेमी पार्टी नेकपा एमाले र त्यसको नेता केपी ओली भन्ने दिन आउने उल्लेख गरे ।
शुक्रबार एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले आगामी दिनमा सिंहदरबार कहिले जल्ने छैन भनेर दाबी गरे । ‘हामीले देशका सबै चिज जल्दा र पार्टीका नेता–कार्यकर्तामाथि आक्रमण हुँदा टुलुटुलु हेर्यौँ, अब त्यस्तो हुनेछैन,’ उनले भने ।
उनले आफूमाथि आक्रमण गर्नेहरूलाई ठाउँका ठाउँ प्रतिकार गर्ने उल्लेख गरे । पार्टी कार्यालय र नेताका घर बनाउन सहयोग गर्न लागि पर्ने बताए । उनले दलालहरूको दिन सकिएको दाबी गरे ।