ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ५०० क्यासब्याक

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंकको मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ।

यस योजनामार्फत बैंकका ग्राहकले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रु ५०० को सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ।

ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा FLY500 प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त गर्न सकिन्छ। पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुनेछन्।

सीमित अवधिका लागि लागू हुने यो अभियान यही मंसिर ३ गतेदेखि सुरु भएको छ।

सुझावित समाचार