गृह मन्त्रालयले शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी आवश्यक रहेको औँल्याएको छ। बुधबार बारामा भएको घटनापछि प्रेस विज्ञप्ति जारी गर्दै गृहले संयमताका लागि गम्भीर बन्न आग्रह गरेको छ।
एमाले कार्यकर्ता र जेन-जी युवाहरूबिच झडप भएपछि बारामा बुधबार कर्फ्यु लगाउनुपरेको थियो।
