बसपार्कमा पार्किङ गरिएका दुई बसमा आगलागी

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– १६ मा रहेको बसपार्कमा पार्किङ गरिएका दुईवटा बसमा आगलागी भएको छ। मंगलबार राति बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो।

आगलागीबाट जमजम ट्राभल्स लेखिएकाे ना.५ख ६२१६ र ना.५ख ६२१७ नम्बरकाे बस पूर्ण रूपमा जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । दुवै बसमा आगो लागेपछि राति पौने १ बजेको समयमा प्रहरी र वीरगन्ज महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।

उनका अनुसार रोकिएको बसमा अचानक के कारण आगलागी भएको खुल्न सकेकाे छैन ।  यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

See More On

सुझावित समाचार