प्रहरीले काठमाडौं महानगरपालिका– ७, गौरीघाटबाट २८४ पत्ता लागुऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
सडकमा शंकास्पद रूपमा हिँडडुल गर्दै गरेको अवस्थामा भक्तपुर, चाँगुनारायण नगरपालिका– ८ घर भई काठमाडौं, नारायणटार बस्ने ३३ वर्षकी लक्ष्मी कार्कीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १५० पत्ता (१५०० ट्याबलेट) र काठमाडौंको शिवचोकस्थित उनको डेरा कोठाबाट १३४ पत्ता (१३४० ट्याबलेट) गरी जम्मा २८४ पत्ता लागुऔषध ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटार घर भई दक्षिणकाली– ५ फर्पिङस्थित ब्राइटफ्युचर रियाव सेन्टरमा बस्ने ३४ वर्षका किरण खत्रीसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।