नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दल दर्ताका लागि निवेदन दिएका छन्। उनले सम्मुनत नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
खनाल यसअघि एमालेबाट दुईपटक प्रतिनिधिसभाको निर्वाचन लडेका थिए।०७९ मंसिरको निर्वाचनमा काठमाडौं– ६ तथा पछि उपनिर्वाचनमा तनुहँ– १ बाट चुनाव लडे । दुवै चुनावमा उनी पराजित भएका थिए।
गत वर्ष उनले एमाले छाडेका थिए। हाल आफैँ पार्टी दर्ता गरेर राजनीतिमा सक्रिय हुन लागेका हुन्।