दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।
काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गरिरहेको जनकपुरका लागि शेखले ३७ बलमा ५० रन बनाएका हुन्। उनी दाेस्राे एनपिएलमा अर्धशतक बनाउने पहिलाे खेलाडी बनेका छन्।
जनकपुरले १२.३ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा ७३ रन जोडेको छ।