टियू क्रिकेट मैदानवरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले टियू क्रिकेट मैदानवरपर भिडभाड नगरिदिन अनुरोध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थानवरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

परिसरले भनेको छ, ‘नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका क्रिकेट खेलहरू आज मिति ०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू खेलमैदानमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत आजको खेलका सम्पूर्ण टिकटहरू सोल्डआउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकाले टिकट नभएका सम्पूर्ण खेलप्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेलस्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’

आजदेखि मंसिर २७ गतेसम्म हुने एनपिएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो ४ बजेदेखि खेल्दै छन् ।

सुझावित समाचार