सोमबारदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न कीर्तिपुर जाने दर्शकलाई सवारीसाधन पार्किङ गर्न विभिन्न स्थान तोकिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गर्दै तोकिएको स्थानमा मात्र सवारीसाधन पार्क गर्न आग्रह गरेको हो। भिभिआइपी र सर्वसाधारणका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था गरिएको छ।
भिभिआइपी/भिआइपीलाई टियू ग्राउन्ड मेन गेटभित्र तोकिएको छ भने अन्य दर्शकका लागि पाँच स्थान तोकिएको छ।
सर्वसाधारणका सवारीसाधन पार्किङलाई तीनकुनेनजिकको ग्राउन्ड, घडी आइल्यान्डनजिकको ग्राउन्ड, आयुर्वेदिक अस्पतालपरिसर, टियू गेटदेखि भिसी कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट–सानेपा खोला करिडोर छुट्याएको कार्यालयले जनाएको छ।