एनसेलले ल्यायो एनपिएल फ्यान प्याक

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

एनसेलले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ लाई लक्षित गर्दै फ्यान प्याक ल्याएको छ । सोमबारबाट सुरु हुने ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पावर्ड बाई एनसेल’लाई थप रोमाञ्चक बनाउन एनपिएल फ्यान प्याक ल्याएको कम्पनीले जनाएको छ । 

एनपिएल अवधिभर ग्राहकले विभिन्न वान टाइम प्याक र रिन्युअल प्याक खरिद गर्दा प्याकअनुसार विभिन्न सेवा–सुविधा बोनसस्वरूप नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना शनिबार (२९ कात्तिक)देखि २७ मंसिरसम्म लागू हुनेछ । जसमा २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, नि:शुल्क टिकटक, नि:शुल्क युट्युब, सात सय ५० एमबी डेटा वा एक जिबी डेटाजस्ता एक दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । अर्थात् ग्राहकले प्याकमा प्राप्त हुने सेवा–सुविधाबाहेक थप बोनसको फाइदा लिन सक्नेछन् ।

बोनस सेवा–सुविधासँगै, ग्राहकलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा–सुविधा तथा एनपिएलको टिकटसमेत जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । 

एनपिएल फ्यान प्याकमा ९९ अनलिमिटेड डेटा, २०० कम्बो, २०० कम्बो रिन्युअल, ‘सधैँ अन’ ३९९, सधैँ अन ३९९ रुपैयाँका रिन्युअल रहेका छन् । त्यसैगरी, ५९९ मा होम एन्ड अवे, ५९९ मा होम एन्ड अवे रिन्युअल, ९९ अनलिमिटेड अल नेपाल, ९९ अनलिमिटेड अल नेपाल रिन्युअल, २९९ अनलिमिटेड अल नेपाल र २९९ अनलिमिटेड अल नेपाल रिन्युअल प्याक गरी ११ वटा प्याक रहेका छन् । एनसेलले यसपटक एनपिएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित सहकार्य गरेको छ । यो सहकार्यले खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दै खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्ने कम्पनीको भनाइ छ । 

See More On

सुझावित समाचार