सहजा खोलामा सवारी दुर्घटना

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्व पश्चिम हुलाकी सडकअन्तर्गत औरही गाउँपालिका- ४, इटाटारस्थित सहजा खोलामा सवारी दुर्घटनामा प्रहरीको मृत्यु भएको भोलिपल्ट पुनः अर्को दुर्घटना भएको छ।औरही हुँदै पश्चिम आउँदै गरेको बा१५च ३६७ नम्बरको कार शनिबार बिहान करिब सवा २ बजेतिर  औरही- ४ स्थित साझा खोला छेउस्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार  दुर्घटनामा कारचालक धनुषाको बटेश्वर गाउँपालिका- ४ बस्ने करिब ३० वर्षका राकेश यादव घाइते भएका छन्। दुर्घटनाको खबर पाएलगत्तै औरही प्रहरी चौकीबाट आएको प्रहरी टोलीले घाइतेको उद्धार गरी प्रादेशिक अस्पताल सिराहा पठाइएको उनले बताए।

घाइतेको सामान्य उपचार डिस्चार्ज भई घरतर्फ गएको र आंशिक रूपमा क्षति भएको कार घटनास्थलबाट बिहान करिब साढे १० बजेतिर निकाली कारधनीले कार लिएर गएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार