इला होटेल एन्ड रिसोर्टको सेवा सुरु

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको इला होटेल एन्ड रिसोर्ट सञ्चालनमा आएको छ । मौलाकाली केबलकारको सेवा पनि चाँडै सञ्चालनमा आउने उद्योगी चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् ।

‘भदौ २४ को घटनामा भएको क्षतिबाट प्रभावित केबलकार बटम स्टेसनका संरचनाको मर्मत–सम्भार सम्पन्न हुने चरणमा पुगेको छ । हाम्रो प्रयास र प्रतिबद्धता सकेसम्म छिटो सेवा पुन: सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो,’ उनले भने । पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धार्मिक गन्तव्यको प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको पनि उनले बताए । 
 

सुझावित समाचार