एभरेस्ट महिला भलिबल लिग : ललितपुरमाथि साबिक विजेता कर्णालीको पुनरागमन जित

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

एभरेस्ट महिला भलिबल लिगमा साबिक विजेता कर्णाली यशविसले ललितपुर क्विन्समाथि ३–१ को सेटमा जित निकालेको छ । कर्णालीले पहिलो सेट हार्दा पनि बाँकी तीन सेट २६–२४, २५–२३ र २७–२५ ले जितेको थियो ।

यसअघि नै यी दुवै फ्रेन्चाइज टोली फाइनलमा पुगेका थिए । प्रतियोगिताको फाइनल शनिबार साँझ पाँच बजे हुनेछ । चालू लिगमा कर्णाली अपराजित छ । दोस्रो सेटमा टाइब्रेकमा बाजी मारेको कर्णालीले अन्तिम सेटमा २४–२५ ले पछि परेको अवस्थाबाट लगातार तीन अंक जोडेको थियो ।

लिग चरणमा कर्णाली पहिलो र ललितपुर दोस्रो हुँदै फाइनल पुगेका हुन् । यसैगरी, काठमाडौं स्पाइकर्सले लुम्बिनी लाभाजलाई ३–२ ले हराएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दुवै टोलीले जितका साथ यो सिजनको लिग सकाएका छन् । लुम्बिनीले पहिलो दुई सेट २५–२३ र २६–२४ ले जितेको थियो । त्यसपछि काठमाडौंले उत्कृष्ट पुनरागमन गरेको थियो । 
 

सुझावित समाचार