गोली हानेर वडाध्यक्षको हत्या

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।

शुक्रबार साँझ ६ बजेतिर  उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँको एक विवाद मिलाउन गएका उनीमाथि गोली प्रहार भएको हो। 

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी स्वतन्त्र निर्वाचित भएका थिए । हत्यामा प्रहरी नै संलग्न रहेको स्थानीयले बताएका छन्। 

सुझावित समाचार