नेपाली कम्युनिस्ट पार्टी दर्ता, आयाेगले दियाे दल दर्ताकाे प्रमाणपत्र

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी दर्ता भएकाे छ । ११ दल र समूह मिलेर बनेकाे पार्टीलाई निर्वाचन आयाेगले शुक्रबार दर्ता गरेर प्रमाणपत्र दिएकाे हाे । प्रमाणपत्र लिन राजेन्द्र पाण्डे, लीलामणि पाेखरेललगायत आयाेग पुगेका थिए ।

कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायत १० दलबिच एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो। केही दिनअघि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि उक्त पार्टीमै समाहित भएको थियो।

सुझावित समाचार