सन्तोष परियारले रास्वपा परित्याग गर्नुभयाे : मनीष झा

राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने परियारकाे योजना

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । पार्टीका प्रवक्ता मनीष झाले परियारले पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।

कार्यवाहक सभापति र महामन्त्रीलाई पत्र बुझाएर परियारले पार्टीको छोडेको उनको भनाइ छ । उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधिसभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नुभएको जानकारी गराउनुभएको छ।’ 

राजनीतिमा नयाँ अभियानका साथ अगाडि बढ्ने भन्दै पार्टी छोडेको उनले बताए । झाले परियारलाई आगामी यात्राको शुभकामना दिएका छन् । 

सुझावित समाचार