चुनावका लागि पाँच अर्ब बजेट स्वीकृत

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

सरकारले २१ फागुनकाे निर्वाचनका लागि पाँच अर्ब बजेट स्वीकृत गरेकाे छ । 

आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले चार अर्ब ९६ कराेड रुपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । ‘निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,’ भट्टराईले भने । 

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई पाँच अर्ब स्वीकृत भएकाे बताए ।

सुझावित समाचार