नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअगाडि नै पार्टीको महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गरेका छन् ।
शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाउने भनिए पनि खड्काको अनुपस्थितिमा पार्टी कार्यालयमा दर्ता गरिएको हो ।