कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयसहित क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानबाट कुल चार सय २९ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
त्यसैगरी अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप (पाँचौँ संस्करण) पनि आयोजना गरेको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भए ।
वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रमसमेत गरेका छन् । यही मेसोमा बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्षसम्मका उमेर समूहका बालबालिकालाई लक्षित गरिएको हो ।