आँखा शिविरमा ७७१ जनाको निःशुल्क आँखा जाँच

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको महराजगन्ज नगरपालिकाको आयोजनामा गरिब, विपन्न, एकल तथा दैनिक ज्याला–मजदुरी गर्ने वर्गलाई लक्षित गरी सञ्चालन गरिएको आँखा शिविरमा ७७१ जनाको निःशुल्क आँखाको जाँच गरिएको छ । 

शिविर महराजगन्ज नगरपालिकाको आयोजना तथा छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको बताइएको छ । शिविरमा पाँच सयभन्दा बढी सेवाग्राहीलाई चस्मा र औषधिसमेत  निःशुल्क वितरण गरिएको बताइएको छ ।

नगरपालिकाका वडा नं. ११ सहित अन्य वडाबाट समेत आँखाका बिरामीहरू उपचारका लागि आएको बताइएको छ । शल्यक्रियापछि नयाँ संसार हेर्न पाएको भन्दै लाभग्राहीहरू उत्साहित भएका  थिए। महराजगन्ज– ११ की ८० वर्षीया अनरुन निशाले आर्थिक अभावका कारण वर्षौँदेखि शल्यक्रिया गर्न नसकेको अवस्थामा गाउँमै आँखा फेर्न पाउँदा नयाँ जीवन पाएकाे भन्दै खुसी व्यक्त गरिन् ।
 

सुझावित समाचार