मधेश प्रदेश : सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ताको तयारी

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध कांग्रेससहित सात दल पद अनुकुल आचरण नगरेको भन्दै  प्रस्ताव दर्ता गर्न प्रदेश सभा सचिवालयमा पुगेका छन् । प्रदेश सभा सञ्चालनका क्रममा सभामुख मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै कांग्रेससहितका सात दल प्रस्ताव दर्ता गर्न पुगेका हुन् । 

प्रस्तावमा उपसभामुख बबिता इशर राउतले तोक आदेश गरेकी छन् । यद्यपि, अहिलेसम्म दर्ता नभएको प्रदेश सभा सचिव बासु कोइरालाले बताए । सभामुखका समर्थकहरुले प्रदेश सभामा प्रवेश गरी जनमतका महेशप्रसाद यादव र लोसपका सांसद उपेन्द्र महतोलाई हातपात गरेका छन् । 

यतिबेला मधेस प्रदेश सभाको अवस्था तनावग्रस्त बनेको छ भने अवस्था नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।

कांग्रेससहितको सात दलले तयार पारेको अविश्वासको प्रस्तावमा भनिएको छ– नेपालको संविधान, २०७२ र प्रदेश सभा कार्य संचालन नियमावली, २०७५ वमोजिम प्रदेश सभाको सभामुखले सभाको बैठक संचालनको क्रममा कुनै दलको प्रभावविना संसदीय मुल्य मान्यता तथा नियमावली वमोजिम संचालन गर्नुपर्नेमा सभामुख मा. रामचन्द्र मण्डल ज्यूले एक दलको निर्देशन वमोजिम पटक पटक सभा संचालन गरेको, विपक्षी दलको उपस्थिती विना पनि सभा संचालन गरेको तथा २०८२/७/२२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरित प्रदेश सभामा संसदीय दलको नेतालाई रोष्टम प्रयोग गर्न नदिएको तथा अन्य प्रदेश सभा सदस्यलाई रोष्टम प्रयोग गर्न दिएको तथ्य इतिहासमा नै नभएको मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएकोले मा।सभामुखले पद अनुकुलको आचरण नगरेकोले यसै साथ संलग्न ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुखले पद अनुकुल आच्चरण नगरेको प्रस्ताव प्रदेश सभामा कार्य संचालन नियमावली, २०७५ को नियम १८० को उपनियम (९) वमोजिम पेश गर्दछौं ।

सुझावित समाचार