गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा घटेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजदेखि सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै उनलाई उपत्यका नछोड्न निर्देशन गरेका हुन् । ३२ र २४ को घटनाहरूको छानबिन र जाँचबुझका लागि कुनै पनि समयमा आयोगले बोलाउने भएकाले आजैदेखि लागू हुने गरी आयोगको स्वीकृतविना उपत्यका नछोड्न आयोगले निर्देशन गरेको छ ।
