विद्युत् महसुलको सबैभन्दा बढी बक्याैता भएको जगदम्बा स्टिलले तिर्‍यो पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ।

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत् लाइन बुधबार साँझ जडान गरिएको छ। जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो। जगदम्बाको १ अर्ब ६० करोड १८ लाख बक्यौता छ।

जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार पहिलो किस्ता बुझाएको छ।

सुझावित समाचार