कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का नियुक्त्त , कृषि बजारमा सचिवालय सुचारु

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सभाको सचिवमा सुर्दशन खडका नियुक्त्त भएका छन । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा बुधबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले खडकालाई नियुक्त्त गरेका हुन । 

तत्काल प्रतिनिधि सभाको सचिव रहेका खडकाले राजिनामा दिएका थिए । चाँगुनारायण नगरपालिका भक्त्तपुर निवासी खडका अर्थशास्त्र र जनप्रशासनमा स्नातोकोत्त हुन । उनले शिक्षामा पनि विएड गरेका छन ।

तत्कालका सचिव गोपालप्रसाद पराजुलीलाई काठमाण्डौमा एलडिओ रहँदा प्राकृतिक दोहन गराएको आरोपमा सर्बोच्चले भ्रष्टचारी ठहर गरि कैद सहित विगो जरीवना गरेपछि  कोशी प्रदेश सभा सचिव विहिन बनेको थियो । पछि न्यापरिषदबाट मुद्दा पुनरावलोकन गर्ने अनुमति पाएको भन्दै सचिव पराजुलीले प्रदेश सभामा आएर दुई बर्ष कार्यकाल रहदै राजिनामा दिएर अवकाश लिएका थिए । 

कृषी थोक बजारमा प्रदेश सभा सचिवालय 
विराटनगरसँग सिमाना जोडिएको मोरङको कटहरी गाउँपालिका १ जमटोकीमा रहेको कृषी थोक बजार परिसरबाट बुधवारदेखी कोशी प्रदेश सभाको सचिवालय सञ्चालनमा आएको छ ।

विराटनगरको देवकोटा चौक स्थित कोशी प्रदेश सभाको सचिवालय र संसद भवन जेनजी आन्दोलनमा जलेर ध्वस्त भएपछिविराटनगरको देवकोटा चौक स्थित कोशी प्रदेश सभाको सचिवालय र संसद भवन जेनजी आन्दोलनमा जलेर ध्वस्त भएपछि प्रदेश सरकार मातहत रहेपनि अलपत्र अवस्थामा रहेको कटहरी स्थित कृषी थोक बजारबाट कोशी प्रदेश सभाको सचिवालय सञ्चालनमा आएको हो ।

आज बुधबार नै उक्त्त सचिवालयमा सभामुख अम्बरबहादुर विष्ट , उपसभामुख श्रृजना दनुवार कार्यकक्षमा प्रवेश गर्नेछन ।  नयाँ नियुक्त्त सचिव सुर्दशन खडकाले पनि आजै प्रदेश प्रमुखबाट सचिवालय परिसरमै सपथ ग्रहण गरेर पदभार सम्हाल्नेछन । 

सघिय सरकारले ६ बर्ष अघि १५ करोडमा निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको उक्त्त कृषी थोक बजारमा माफियाकरणले गर्दा व्यपारिहरु जान नमान्दा अलपत्र अवस्थामा थियो ।

कटहरी गाउँपालिकाले हेरचाह गर्दै आएको उक्त्त कृषी बजारको कार्यालय भवनमा कटहरी पालिकाका कर्मचारीहरु डेरामा बस्थे भने परिसरमा पालिकाले साप्ताहिक हटिया लगाउदै आएको थियो । 
 

सुझावित समाचार