इतिहासमा आज

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

सन् १९४८ : दोस्रो विश्वयुद्ध कालमा जापानका प्रधानमन्त्री रहेका हिडेकी टोजोलाई युद्ध अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाइयो । फैसला ४१ दिनपछि डिसेम्बर २३ मा कार्यान्वयन गरिएको थियो । 

सन् १८६६ : चीनमा गणतन्त्र स्थापना अभियानको नेतृत्व गरेका सन यातसेन यसै दिन जन्मिएका थिए । 

सन् १८९३ : दोस्रो अंग्रेज–अफगान युद्ध अन्त्य गर्ने सम्बन्धमा ब्रिटिस भारत र अफगानिस्तानबिच ड्युर्यान्ड लाइनलाई दुई देशको सीमा निर्धारण गर्ने सहमति भयो । तथापि, अफगानिस्तानका मूल पस्तुन जाति बसोवास गर्ने भागलाई दुईतिर बाँडेपछि निम्तिएको विवाद अझै जारी छ । 

सन् १९१८ : कुनै वेलाको विशाल अस्ट्रिया–हंगेरी साम्राज्यको राजा कार्ल प्रथमले राजगद्दी त्यागेसँगै त्यो भाग गणतन्त्र बन्यो । 

सन् १९२७ : अक्टोबर क्रान्तिमा लेनिनपछि महत्वपूर्ण भूमिका निभाएका लियोन ट्राटस्की स्टालिनसँगको सत्ता संघर्षका क्रममा सोभियत कम्युनिस्ट पार्टीबाट निष्कासित गरिए ।

सन् १९४५ : संयुक्त राष्ट्र संघ निर्माणको प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएको सम्मान अमेरिकाका पूर्वविदेशमन्त्री कोर्डल हललाई नोबेल शान्ति पुरस्कार दिइयो ।

सन् १९९० : ब्रिटिस कम्प्युटर वैज्ञानिक टिमोथी नो बरनर्स–लीले औपचारिक रूपमा ‘वल्र्ड वाइड बेव’को स्थापनाको प्रस्ताव गरे । 

सन् १९९६ : दिल्लीबाट साउदी अरब उडिरहेको साउदी अरिबियन फ्लाइट ७६३ र कजाखस्तानबाट दिल्ली आउँदै गरेको कजाखस्तान एयरलाइन्स फ्लाइट १९०७ विमान भारतको राजधानीनजिक आकाशमै ठोक्किँदा ३४९ जनाको मृत्यु भयो । 

सन् २००३ : सांघाईको म्याग–लेभ रेलले परीक्षणका क्रममा ५०१ किमि प्रतिघण्टाको रेकर्ड कायम गर्यो । 

सन् २००६ : जर्जियाको स्वशासित क्षेत्र साउथ ओसेटियामा स्वतन्त्र हुने–नहुने प्रश्नमा भएको जनमतसंग्रहमा ९९ प्रतिशतले अलग हुने पक्षमा मत दिए । 
 

सुझावित समाचार