मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार साँझ करिब ६ बजेतिर मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा पैदल हिँडिरहेका ७१ वर्षीय खडकबहादुर घलानलाई बा५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

वृद्धको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकलचालक बकैया गाउँपालिका–७ का २५ वर्षीय देवराज विक र पछाडि सवार बागमती गाउँपालिका–६ का २० वर्षीय देवराज धानुकी दुवैजनाको दाहिने खुट्टा र हातमा सामान्य चोट लागेको छ। उनीहरूलाई प्रहरी चौकी हात्तिसुँडेले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ।
 

सुझावित समाचार