मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट दर्ता, भोलिलाई पेसी

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ। मधेश प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै प्रदेशका ७४ सांसदहरुको दर्ता गराएको रिटमा भोलि बुधबारको पेसी तोकिएको छ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मध्यराति मुख्यमन्त्री नियुक्त गरेर एकाबिहानै होटेलमा शपथ खुवाएपछि रिट परेको हो।

उपचार गराउन काठमाडौं जाने भनेर जनकपुरबाट बिदा भएकी भण्डारीले सरकार गठनको आह्वानविनै मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ खुवाइकी थिइन्। विवादास्पद निर्णय गरेपछि सरकारले भण्डारीलाई प्रदेश प्रमुखबाट बर्खास्त गरिसकेको छ।

सुझावित समाचार