राष्ट्रपतिद्वारा मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । 

मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुने गरी पदमुक्त गरेको  राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

सुझावित समाचार