भारतीय नागरिकलाई अस्ट्रेलिया लैजाने भन्दै काठमाडौं बोलाएर अपहरण

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

एक भारतीय नागरिकलाई अष्ट्रेलिया लैजाने भन्दै काठमाडौंमा बोलाएर अपहरण र लुटपाट भएको छ। भारतको हरियाना घर भएका अंकित कुमारको अपहरण भएको हो। घटनामा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको छ । 

भारतको पञ्जाव राज्य स्थायी घर भएका २४ वर्षिय प्रमप्रित सिंह र २८ वर्षिय लवप्रित सिंहलाई प्रहरीले पक्राउ गरी अपहरणका लागि चोरी र लागुऔषध मुद्दा चलाएको हो। 

प्रहरीका अनुसार प्रमप्रित र लवप्रितले इन्टाग्राममा ग्लोबल भारत इमिग्रेसन नामक पेजमार्फत क्यानडा, अमेरिका, अष्ट्रेलिया लैजाने भन्दै विज्ञापन गरेका थिए। सोही विज्ञापनका आधारमा अंकित कुमार उनीहरुसँग नजिकिए। ह्वाट्सएपमा कुरा गरी अंकितलाई काठमाडौंबाट  अष्ट्रेलियाब ट्रान्जिट भिसामा पठाउने भन्दै गत २३ असोजमा नेपाल आएका थिए। उनलाई ठमेलको स्वीट होम नामक होटलमा राखिएको थियो ।

२९ असोजमा सुन्धाराको न्यून जोमसोम होटलमा लगेर लागुऔषध सेवन गराई भएको मोबाइल  र दुई हजार अष्ट्रेलियन डलर लुट्नका लागि परिवारलाई फोन गरेर २० लाख भारु मागिएको पीडितले जनाएका छन्। भोलिपल्ट पोखरा जान लाग्दा दुवैलाई प्रहरीले पक्राउ गरेको थियो। सोमबार उनीहरुविरुद्ध मुद्दा दायर भएको छ। 

सुझावित समाचार