जेन–जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने जेल चलान

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

२४ भदौको जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने व्यक्तिलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ललितपुरको सुनाकोठी घर भएका २६ वर्षिय सम्राट भन्ने राजु परियारलाई सोमबार जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

गत २९ असोजमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको थियो। आपराधिक उपद्रव गरे गराएको कसुरमा प्रहरीले मुद्दा चलाएकोमा जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको हो । 

परियार प्रहरीको एसएलआर लुट्नुका साथै सिंहदरबारलगायत ठाउँमा आगजनीमा संलग्न भएका थिए। 

सुझावित समाचार