ओलीलाई कलम हस्तान्तरण गर्दै एमालेमै फर्किए झाँक्री र श्रेष्ठसहितका नेताहरू

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण
ओलीलाई कलम हस्तान्तरण गर्दै एमालेमै फर्किए झाँक्री र श्रेष्ठसहितका नेताहरू

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

माओवादी केन्द्रलगायतका दल–समूहसँगको एकताको विषयमा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरु नेकपा एमालेमा समाहित भएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’मार्फत् एकीकृत समाजवादीका १० केन्द्रीय सदस्यसहितका व्यक्तिहरू एमालेमा फर्किएका हुन्।

स्थायी समिति सदस्यसमेत रहेकी रामकुमारी झाँक्रीसहित केन्द्रीय सदस्यहरु किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना, राजाराम स्याङतान, बबी चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राईलगायत एमालेमै फर्केका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए। ओलीलाई कलम हस्तान्तरण गरेर नेताहरुले सांकेतिक रुपमा एकीकृत समाजवादी बुझाएका हुन्।

सुझावित समाचार