गगन थापा भन्छन्– फागुन २१ मा चुनाव हुन्छ, निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचयपत्र बनाउनु

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचयपत्र बनाउन आग्रह गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै मतदाता परिचयपत्र बनाउन आग्रह गरेका हुन् ।

‘फागुन २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘तर, चुनावमा भोटरको रूपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिनभित्रमा रजिस्ट्रेसन गराउनुहोला ।’

भिडियो सन्देशसँगै महामन्त्री थापाले निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचयपत्र बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

‘आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो सहभागिता सुनिश्चित गर्न आजै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरौँ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका साथीहरूबाट जानकारी लिएर भोटर आइडी कार्ड बनाउनुहोला ।’

सुझावित समाचार