युद्धग्रस्त देशका विद्यालयका शिक्षक र विद्यार्थीले चुकाइरहेको मूल्य

गाजादेखि सुडान, युक्रेनदेखि प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)सम्म युद्ध निरन्तर चलिरहँदा बालबालिका र शिक्षक–कर्मचारी ठुलो मूल्य चुकाउन बाध्य छन्

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

यो वर्ष धेरै कारणले विनाशकारी साबित भएको छ– युद्ध, भोकमरी, तीव्र घरेलु द्वन्द्व इत्यादि । यसले विश्वव्यापी रूपमा मानिसहरूको विस्थापनलाई प्रश्रय दिएको छ । गत वर्ष दसौँ हजार बालबालिका र सर्वसाधारण मारिए । सबैभन्दा खराब त अपराध गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । युद्धका कानुन स्पष्ट रूपमा तोडिएका छन् ।

कानुनी र राजनीतिक संयन्त्र, न्यायिक तथा अन्तर्राष्ट्रिय संस्था असफल बन्दै गएका छन् । मानवीय कानुनले बालबालिका लक्षित हत्या रोक्न असफल भएको छ । आजसम्म, व्यापक अत्याचार, युद्ध अपराध, मानवताविरुद्धको अपराध र नरसंहारका लागि जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाइएको छैन भने भोकमरी, अपांगता हुने र मारिनेको संख्या दिनहुँ बढिरहेको छ । यी सबैको चपेटामा परेका छन् विद्यालयमा पढ्ने कलिला बालबालिकाहरू ।

गाजादेखि सुडान, युक्रेनदेखि प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)सम्म युद्ध निरन्तर चलिरहँदा बालबालिका र शिक्षक–कर्मचारीले उच्चतम मूल्य चुकाइरहेका छन् । शिक्षा र आशाका ती पवित्रस्थल विद्यालयहरू बढ्दो रूपमा युद्धभूमिमा परिणत भइरहेका छन् वा बमबारीले भग्नावशेष बनेका छन् । विद्यालयमा भएका भौतिक क्षतिले बालबालिका पढ्न पाउने अधिकारबाट त वञ्चित भएकै छन्, त्यसबाहेक उनीहरूले विभिन्न मूल्य चुकाउनुपरेको छ । युद्धका कारण विश्वभर लाखौँ विद्यार्थी विद्यालयबाहिर रहन बाध्य छन् जसका कारण ठुलो मात्रामा अशिक्षित हुनुका साथै बेरोजगार दर बढेको छ ।

युक्रेनमा शैक्षिक संस्थामाथिको निरन्तर हमलाले सिकाइमा बाधा पुर्याएको छ । थप आक्रमणको जोखिम मोलेर बालबालिकाहरू भूमिगत बंकरमा सञ्चालित कक्षामा अध्ययन गरिरहेका छन् । पूर्वी कंगोमा सशस्त्र समूहले विद्यालय कब्जालाई जारी राखेका छन्, जसका कारण सिकाइस्थल त्रासको केन्द्र बनेका छन् ।

दोषीमाथि तत्काल कारबाही होस्
ध्वस्त गरिएका वा बम विस्फोट गरिएका प्रत्येक कक्षाकोठाले एउटा दुःखद मानवीय कथा बताउँछ : पूर्ण दण्डहीनताका साथ अरूको जीवनको विनाश गर्ने केही व्यक्तिहरूको अहंकार । तर, यस्तो वातावरण सिर्जना हुनुहुँदैन । जोकोही पनि जवाफदेहिता हुनैपर्छ । दोषीलाई अदालतको कठघरमा उभाइनुपर्छ । गाजामा विद्यालयहरू ध्वस्त पारिएपछि वा ती संरचना विस्थापित परिवारलाई आश्रय दिन प्रयोग गरिँदा बालबालिकाका सम्पूर्ण पुस्ताले शिक्षा गुमाउँदै छन् ।

आधिकारिक रूपमा आश्रयस्थल तोकिएका विद्यालयहरू पनि निसाना बनाइएका छन् वा ध्वस्त पारिएका छन् । सुडानमा द्वन्द्वको समयमा विद्यालयमा आक्रमण गरिएका छन्, कब्जा गरिएका छन् र अनुचित प्रयोग गरिएका छन् जसले गर्दा सम्पूर्ण पुस्ता सिक्ने अधिकारबाट वञ्चित भएको छ । युक्रेनमा शैक्षिक संस्थामाथिको निरन्तर हमलाले सिकाइमा बाधा पु¥याएको छ । थप आक्रमणको जोखिम मोलेर बालबालिकाहरू भूमिगत बंकरमा सञ्चालिन कक्षामा अध्ययन गरिरहेका छन् । पूर्वी कंगोमा सशस्त्र समूहले विद्यालय कब्जालाई जारी राखेका छन्, जसका कारण सिकाइस्थलहरू त्रासको केन्द्र बनेका छन् ।

शिक्षाको सुरक्षा गर्न गठित विश्वव्यापी गठबन्धनका अनुसार २०२२ र २०२३ को बिचमा विश्वव्यापी रूपमा शिक्षामा भएका आक्रमणका ६ हजारभन्दा बढी घटनाको दस्ताबेज तयार पारेको छ । जसअनुसार विद्यालय र विश्वविद्यालयहरू सैन्य प्रयोजनमा उपयोग गरिएका छन् र यसले दस हजारभन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई हानि पु¥याएको छ । यो हानी २०२० देखि ०२१ को बिचमा २० प्रतिशतले वृद्धि भएको छ । प्रत्येक संख्यापछाडि शिक्षाको अधिकारबाट वञ्चित र शान्तिपूर्ण भविष्यको अवसरबाट वञ्चित बालबालिका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा जीवनरेखाको रूपमा शिक्षा
द्वन्द्वग्रस्त क्षेत्रमा रहेका विद्यालय एकप्रकारले सुरक्षित आश्रयस्थल पनि हुन्, जसले स्थिरता, नियमितता र आशा प्रदान गर्दछ । विद्यालयहरू दिनको केही घण्टाका लागि भए पनि तुलनात्मक रूपमा सुरक्षित ठाउँ हुन्, जहाँ बच्चाहरूले महŒवपूर्ण मनोसामाजिक समर्थन प्राप्त गर्छन् र केही हदसम्म भए पनि युद्धको आघातबाट जोगाउन सकिन्छ । कुनै पनि विद्यालयले सशस्त्र समूहले बालबालिकालाई युद्धमा भर्ती हुनबाट रोक्न पहल गर्छ । शिक्षाले द्वन्द्वको सम्भावनालाई प्रत्यक्ष रूपमा कम गर्छ, मेलमिलापलाई बढावा दिन्छ, सामाजिक एकतालाई बढावा दिन्छ र खण्डित समाजमा लचिलोपन निर्माण गर्दछ । तर, जब विद्यालय नष्ट हुन्छन्, सम्पूर्ण समुदाय यी सुरक्षात्मक तहबाट वञ्चित हुन्छन् र एक दुष्चक्र सुरु हुन्छ ।

मूल्य चुकाउन बाध्य छन् विद्यार्थी
द्वन्द्वबाट प्रभावित र विद्यालयबाट बाहिरन बाध्य बालबालिकाहरूले आर्थिक रूपमा पनि ठुलो मूल्य चुकाउँछन् । यस्ता बालबालिकाले करिब १७ ट्रिलियन डलरबराबरको क्षति व्यहोर्छन् । अवरुद्ध शिक्षाले गरिबी, असमानता, अस्थिरता र हिंसाको बहुपुस्ता चक्रलाई निरन्तरता दिन्छ । शिक्षाबाट वञ्चित हुनुको लागत आश्चर्यजनक छ, तर सामाजिक लागत (विश्वासको क्षय, नागरिक संस्थाहरूको कमजोरी, समुदाय विखण्डन) अकल्पनीय छ ।

निश्चय पनि विश्व मौन बसेको छैन, १२१ देशहरूले आजसम्म सुरक्षित विद्यालय घोषणापत्रलाई समर्थन गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा विद्यार्थी, शिक्षक र शैक्षिक सुविधाको सुरक्षा गर्ने प्रतिबद्धता जनाएका छन् र केहीले घोषणालाई घरेलु रूपमा कार्यान्वयन गर्न प्रारम्भिक कदम चालेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले विद्यालय, बालबालिका र शिक्षक–कर्मचारीहरूमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो भनि पुष्टि गर्छ । तर, शब्द र वास्तविकताबिचको खाडल प्रस्ट छ ।

च्यालेन्जिङ न्यारेटिभ्स :  रिसेपिङ एक्सन, प्रोटेक्ट एजुकेसन फ्रम अट्याक विषयमा यसै वर्षको सेप्टेम्बरमा विश्वले जेनेभामा शिक्षालाई आक्रमणबाट जोगाउन संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय दिवसको छैटौँ उत्सव मनाएको छ । अन्तर्राष्ट्रिय दिवसले हामीलाई यो कुराको स्पष्ट सम्झना गराउँछ कि हाम्रो असफलताले बालबालिकाहरूले विभिन्न मूल्य चुकाउन बाध्य हुनुपरेको छ । तसर्थ, सरकारले विद्यालयहरूलाई सुरक्षित राख्ने र अभियन्ताहरूलाई जवाफदेही बनाउने कानुन र नीति लागू गर्ने प्रतिबद्धता जनाउनुपर्छ ।

कानुनी र न्यायिक संस्थाहरूले सबै अपराधीहरूलाई स्वतन्त्र रूपमा जवाफदेही बनाउनुपर्छ । हामीले दण्डहीनतालाई कुनै हालतमा प्रश्रय दिनुहुँदैन । दण्डहीनतालाई चुनौती दिनु भनेको कुनै पनि बालबालिकाले द्वन्द्वग्रस्त क्षेत्रमा पनि भयरहित वातावरणमा पढ्न पाउने अधिकारको रक्षा गर्नु हो ।
डा. मलिक प्रोटेक्ट एजुकेसन इन इन्सेक्युरिटी एन्ड कन्फ्लिक्ट (पिइआइसी)का कार्यकारी निर्देशक हुन् भने खान सोही संस्थामा कानुन तथा नीति प्रबन्धक हुन् । न्युजविकबाट 

सुझावित समाचार