नेपाल काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । कोलम्बोमा आइतबार भएको सेन्ट्रल एसियन भलिबल संघ (काभा)को फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ ले पराजित भएको हो । पहिलो सेट जितेको नेपाल त्यसपछि दबाबमा परेको थियो ।
नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई सेट २५–२ र २५–२१ ले गुमाउन पुग्यो । चौथो सेटमा पुनरागमन गर्दै नेपाल २५–१३ ले विजयी भयो । निर्णायक सेटमा नेपाल १५–११ ले पराजित भएको हो । यसअघि नेपालले समूह चराणको पहिलो खेलमा पनि किर्गिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।
चार टोली सहभागी प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलंकालाई ३–१ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा पनि नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।