जेन–जी आन्दोलनले रोकिएको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलकाे तालिका सार्वजनिक

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी प्रर्दशनको कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलका तालिका सार्वजनिक गरिएको छ । रोकिएको प्रतियोगिता २६ देखि २९ कार्तिकसम्म काठमाडाैंमा हुने गरी आयोजकले आइतबार तालिका सार्वजनिक गरेको हो ।

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्य कभर्ड हलमा २० भदौदेखि सुरु प्रतियोगिता जेन–जी प्रर्दशनका कारण २४ भदौदेखि रोकिएको थियो । ६ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गरेको लिगको बाँकी खेलको लागि सार्वजनिक खेल तालिकाअनुसार २६ कार्तिकमा पहिलो खेल कर्णाली यसबिस र मधेस युनाइेटेडबिच हुनेछ भने दोसो खेलमा ललितपुर क्विन्स र पोखरा निन्जाज भिड्नेछन् । २७ कार्तिकमा पहिलो खेल काठमाडौं स्पाइकर्स र पोखराबिच हुँदा दोस्रो खेलमा लुम्बिनी लाभा र मधेशले प्रतिस्पर्धा गर्नेछन् । २८ कार्तिकमा पहिलो खेलमा काठमाडौँ र लुम्बिनी भिड्दा दोस्रो एवं लिग चरणको अन्तिम खेलमा कर्णाली र ललितपुरले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणका खेल २८ कार्तिकमा सकिएसँगै उपाधिका लागि २९ कार्तिकमा हुने फाइनल खेलमा लिगको अंकतालिकामा पहिलो र दोस्रो नम्बरमा रहेका दुई टोलीबिच प्रतिस्पर्धा हुने गरी तालिका सार्वजनिक गरिएको छ ।

यस्तो छ नौ खेलको अंक तालिका 
लिगमा सहभागी ६ टोलीले समान पाँच पाँच खेल खेल्ने तालिका रहेकोमा चार दिनको खेल सकिदा प्रतिस्पर्धी सबै टोलीले समान तीन तीन खेल मात्र खेलेका छन् । लिग चरणका खेलपछि अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

समान तीन -तीन खेल सकिँदा अपराजित रहेको पहिलो संस्करणको उपविजेता ललितपुर र गत वर्षको उपाधि विजेता कर्णालीको समान नौ अंक रहेको छ । दुई टोलीको समान नौ अंक भए पनि सेटको आधारमा हाल ललितपुर तालिकाको शीर्ष स्थानमा छ ।

अन्य चार टोलीमध्ये मधेश, काठमाडौं र लुम्बिनीले समान तीन खेलमा दुईमा हार र एकमा जित हात पार्दै अंकतालिकामा समान तीन अंकका साथ मधेश तेस्रो र काठमाडौँ चौथो स्थानमा छ । यसै गरि दुई अंकका साथ लुम्बिनी पाँचौँ स्थानमा रहँदा तीन खेलमै पराजित भएको घरेलु टोली पोखरा निन्जाज एक अंकका साथ पुछारमा छ ।
 

सुझावित समाचार