नवलपुरस्थित नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ। नवलपुर प्रहरीका अनुसार मध्यविन्दु– ३, ब्रमस्थानस्थित नारायणी नदीकिनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो।
नदीले बगाई ल्याएकोजस्तो देखिने नाम, थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको छ।