राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाको अध्यक्षमा गेमराज गिरी सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबार गुलरियामा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैटौँ अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित भएका हुन्। प्रतिष्ठानको अधिवेशन प्रत्येक तीन–तीन वर्षमा हुने गरेको छ। यसअघि पनि प्रतिष्ठानको अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित भएका थिए।
छैटौँ अधिवेशनबाट प्रथम उपाध्यक्षमा लीला दर्लामीमगर, द्वितीय उपाध्यक्षमा भीमलाल चौधरी, सचिवमा विनोद केसी, सहसचिवमा चन्द्रा पोखरेल, कोषाध्यक्षमा कमला घिमिरे निर्वाचित भएका छन्।
सहकोषाध्यक्षमा भूमिका वली तथा सदस्यहरूमा सुशील बराल, नैन सुनार, सीता ढकाल, सागर दहित, दिलीप नेपाली र जीवराज पौडेल सर्वसम्मत निर्वाचित भएका अध्यक्षमण्डलका संयोजक लोकमणि आत्रेयले जानकारी दिए।