आलमको निधनले कांग्रेस शोकमा,भोलि देशभरका पार्टी कार्यालय बन्द गर्ने

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद अफ्ताब आलमको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको बैठकले आलमको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

बैठकले आलमको निधनबाट पार्टीले एक अनुभवी र समर्पित नेताको निधन भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। आलमको शोकमा पार्टीले कात्तिक २२, २३ र २४ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक २३ गते सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोकपुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ।

सुझावित समाचार