सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६, तेडियाडाँगी बस्ने २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरभित्र खाद्य भण्डारमा सामान निकाल्ने क्रममा गएराति ८:३० बजेआसपासमा उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो। त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
केन्द्रमा चालू आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ।