बागलुङमा संचालन गरिएको मानवसेवा आश्रमको भवन निर्माण पूरा गर्न शुक्रबार देखी श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । बागलुङ नगरपालिका–४ निरहेघाटमा आयोजित महायज्ञ सहयोग जुट्नेक्रम तीब्र भएको छ। आयोजकका अनुसार शुक्रबार देखी महायज्ञ सुरु भएता पनि यस अगाडि पनि दाताहरुले सहयोग गरिरहेका छन् । महायज्ञको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् ।
सवैको सानो सानो सहयोगले आश्रमको भवन निर्माणको काम र अक्षयकोषमा सहयोग पुग्ने बताए । महायज्ञ संचालन हुनुपूर्व बिहीबार बेलुकासम्म भवन निर्माण र अक्षयकोष निर्माणका लागि धमाधम सहयोग आउन थालेको छ । यो अवधीमा नगद र प्रतिवद्धता गरेर एक करोड बढीको सहयोग संकलन भैसेको मूल आयोजक समितिका कोषाध्यक्ष सरीता गौतमले बताइन् ।
‘अहिलेसम्म एक करोड बढीको प्रतिबद्धता र नगद संकलन भएको छ,’उनले भनिन्,‘कतिपयले भवन निर्माणका लागि सहयोग गर्नुभएको छ । कतिपयले अक्षयकोष निर्माणमा सहयोग गर्नुभएको छ ।’ भवनको एउटा कोठा निर्माणका लागि पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ तोकिएको छ । भवनमा कोठा निर्माण गर्ने चाहाना व्यक्त गर्नेहरुको संख्या पनि प्रसस्त रहेको उनले बताइन् । ‘हामीले अनुरोध मात्रै गरेका छौं, धेरै कर गरेर सहयोग गर्न लगाएका छैनौं,’उनी भन्छिन्,‘एउटा कोठा म बनाइदिन्छु भन्नेहरु पनि धेरै हुनुभएको छ ।’ अहिलेसम्म व्यक्तिगत र पारिवारिक रुपमा आधा दर्जन बढिले उक्त रकम राखेर एक कोठा निर्माण गर्ने बचनबद्धता गरेका छन् ।
भिमाकुमारी न्यूरे र बहिनी ज्वाँई तथा भाइ बुहारी बिहुँ दहपानी, बानपा -३ गुठी घर भई हाल अमेरिका बस्ने उज्ज्वल खड्का, राम/लक्ष्मी थापा बानपा—३ गुठी हाल बेलायत, रामचन्द्र/सुवासचन्द्र/सुदेशचन्द्र/प्रकाश राजभण्डारी बानपा -३, बागलुङ नगरपालिका घर भई हाल काठमाडौं बस्ने कल्याण श्रेष्ठ, मूल आयोजक समितिका संयोजक समेत रहेका सहदेव राजभण्डारी, बागलुङ नगरपालिका -४ उपल्लाचौर घर भई काठमाडौं सामाखुसी बस्ने चन्द्रकला घर्ती क्षेत्री र उनको परिवारको तर्फबाट पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरी एक/एक कोठा निर्माण गरिदिने बचनवद्धता गरेका छन् ।
यस बाहेक अन्तर्राष्ट्रिय बागलुङ समाजले पनि एक कोठा निर्माण गरिदिने भएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाजको समेत गर्दा अहिलेसम्म ८ वटा कोठा निर्माणका लागि प्रतिवद्धता आएको छ । त्यस बाहेक म्याग्दीको रघुगंगा गाउँपालिकाले ७ लाख ११ हजार एक सय ११ रुपैयाँ अहिले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ भने यसअघि पनि भवन निर्माण गर्दा पाँच लाख रुपैयाँ सहयोग गरिसकेको छ।
यसो गर्दा रघुगंगाको पनि एउटा कोठा निर्माणका लागि योगदान पुग्ने आयोजकले बताएको छ। महायज्ञका लागि गलकोट -६ नेपानेका मसिना, कमल बस्नेतको परिवारबाट एक लाख एक हजार १०, बानपा -३ घर भई हाल अमेरिका भएकी रुद्रा केसीबाट ५१ हजार १११, काठेखोला-८ लेखानीका ललित/भुमाकला क्षेत्रीबाट एक लाख एक हजार १० रुपैयाँ सहयोग आएको छ। कोषाध्यक्ष गौतमका अनुसार सर्वसिद्धी हार्डवेयर बानपा -४ बाट ५१ हजार पाँच सय ५५, इन्यक/अनिता भण्डारी काठेखोला -३ धम्जा हाल अमेरिकाबाट एक लाख ११ हजार १११, देउरालीचोक आमा समुहबाट एक लाख ५५५, कमला क्षेत्री ओम डेन्टल होमबाट ५१ हजार ५ रुपैयाँ सहयोग आएको छ ।
माया बस्नेत एक लाख, मेलमिलाप आमा समुह बानपा -३ गुठीबाट ५१ हजार ५५५, बानपा ८ को वार्ड कार्यालयबाट ५ लाख, बागलुङ नगरपालिका कार्यालयबाट ५ लाख, बागलुङ नगरपालिकाको कर्मचारी परिवारबाट चार लाख सहयोग आएको छ। मानवसेवा आश्रमका लागि बागलुङ नगरउपप्रमुख राजु खड्काले एक लाख ११ हजार १११, नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ४० हजार पाँच सय, बानपा-८ का वडाध्यक्ष छम कार्कीबाट २६ हजार, बानपा वडा सदस्य मञ्चबाट दुई लाख ६१ हजार ८५, बागलुङ नगरपालिका कार्यपालिका सदस्यबाट १५ दिनको पारिश्रमिक बराबर दुई लाख ६८ हजार चार सय , रिता/रमेश पौडेलले ५१ हजार एक सय ११ रकम सहयोग गरेका छन्।
ज्ञानु श्रेष्ठ एक लाख, ज्येष्ठ नागरिक संघ २५ हजार, पूर्वकर्मचारी पञ्च २५ हजार ५५५, चिरञ्जीवी श्रेष्ठ ३१ हजार, दुर्गा आचार्य २१ हजार, धर्मा कुँवर १० हजार, शहनशिला श्रेष्ठ २५ हजार ५५५, सम्पूर्ण नारायण भारीबाट एक लाख ११ हजार १११ उठेको छ । आयोजक सदस्य १२६ जनाबाट ६ लाख ८० हजार सहयोग संकलन भएको खड्काले बताइन्। यसका साथै जिल्लाका गलकोट लगायतका क्षेत्रमा पठाईएको रसिदको अन्तिम हिसाब आइनसकेको र सहयोग रकम अझ धेरै भइसकेको उनले जानकारी दिइन् ।
बागलुङ नगरपालिका -४ निरयघाटमा निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रमको भवन निर्माणका लागि शुक्रबारदेखि भवन निर्माणस्थलमा महायज्ञको आयोजना हुँदैछ । महायज्ञको सबै तयारी पूरा भएको र बिहान साढे १० बजेट उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले बताए। बिहान साढे ७ बजे धवलागिरी बहुमुखी क्याम्पस बागलुङको प्राङ्गणबाट शोभा कलशयात्रा सहितको र्याली महायज्ञस्थल पुग्नेछ ।