राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य संख्या दुई लाख ४१ हजारभन्दा बढी पुगेको छ। दुई लाख ४१ हजार ७९९ सदस्यमध्ये एक लाख ७३ हजार ५९ प्रमाणित भएका छन्।
चितवनको सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री कवीन्द्र बुर्लाकोटीले सदस्य संख्याबारे जानकारी दिएका हुन्।
प्रतिवेदनअनुसार कुल सदस्य संख्याको १४ प्रतिशत महिला छन्। आदिवासी जनजाति १९.३ प्रतिशत, दलित ७.३ प्रतिशत, मधेशी चार प्रतिशत, थारू १.५ प्रतिशत र मुस्लिम १.१ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ।