फोलिड्रम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्ससँग ‘कन्फिडेन्स पार्टनरका रूपमा जोडिएको छ। यससम्बन्धी सम्झौता फोलिड्रम र सुदूरपश्चिम रोयल्सबिच बिहीबार सम्पन्न भएको हो।
सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सिसिओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सुदूरपश्चिमका सिइओ प्रकाश खड्काले देशकै ठुलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमसँग सहकार्य गर्न पाउँदा टिमलाई थप ऊर्जा मिल्ने बताए।
यसैगरी, बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा उत्साहित भएको बताइन्।